समाज प्रदेश ६

कर्णालीका हालसम्म तीन हजार २८० संक्रमित निको भए

15 Shares

सुर्खेत ।

मुलुकभर कोरोना भाइरसबाट सङ्क्रमित हुने दर बढिरहेको छ । कर्णालीमा पनि क्रमभङ्ग हुन सकेको छैन । दैनिक सङ्क्रमित बढ्ने र निको भएर फर्कने क्रम निर्वाध चलिरहेको छ ।

मुलुकभर कोरोनाबाट सङ्क्रमणमुक्त हुने ७२ प्रतिशत पुग्दा कर्णाली आठ प्रतिशतले अगाडि छ । कर्णालीमा आजसम्म आइपुग्दा कोरोना भाइरस रोग लागेका ८० प्रतिशत व्यक्तिहरु सङक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न आइसोलेशनबाट आज मात्रै ५१ सङ्क्रमित निको भएर घर फर्केको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

“आज ५१ जना घर फिर्ता भएसँगै कर्णालीमा कोरोना भाइरसबाट सङक्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार २८० पुगेको छ,” उनले भने, “यो कुल कोरोना सङ्क्रमितहरुमा ७२ प्रतिशत हो । विहिबार ६७ मा कोरोना संक्रमण पुष्टि भएसँगै यो प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार १०४ पुगेको छ ।”

त्यस्तै, यस प्रदेशका विभिन्न आइसोलेशनमा ७१८ सङ्क्रमित रहेको उनले बताए । मुलुकमा कोरोना सङक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९० पुग्दा कर्णालीमा १० जना (१.६९ प्रतिशत) जनाको मृत्यु भएको भएको छ ।

प्रकाशित: २३ आश्विन २०७७ ०९:०४ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी