२३ असार २०७९ बिहीबार
1
1
1
1

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

1
1
1
1

अछाम ।

अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्रयाक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्रयाक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी ट्रयाक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २७ असोज २०७७ ०७:२९ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी