0 Shares

लागूऔषधसहित दुई जना पक्राउ

झापा । गौरीगंज गाउँपालिका-५ फत्तेपुरबाट नियन्त्रित लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट सहित सोही गाउँपालिका-३ बस्ने २० वर्षीय सुरज कुमार महत्तो समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई शंका लागि प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित: ७ कार्तिक २०७७ १८:३७ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी