1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

1
1
1
1
1
1
1
1

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएकाे छ । मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए ।

प्रहरीका अनुसार मधुवन नगरपालिका-३ धनौराका अन्दाजी २८ वर्षका दिनेश चौधरी बिहान ७ बजे च्याउ टिप्न जाने बेलामा बाघको आक्रमणमा मृत्यु भएको थियो । दिनेश दिउँसो अबेरसम्म घर नफर्केपछि घर परिवारले खोजी गर्न आफन्तलाई जंगल पठाएका थिए । खोजी गर्ने क्रममा बाघले झम्टिदा स्थानीय २६ वर्षीय रमेश थारुको पनि मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

त्यसपछि सशस्त्रको बीओपीबाट खटिएको टोली र स्थानीयले खोजी गर्दा १०/१० मिटर दूरीमा दुवै जनाको शव भेटिएको थियो । मधुवन नगरपालिकामा एक हप्तामै चार जनालाई बाघले मारेको छ ।

प्रकाशित: ११ कात्तिक २०७७ १९:४५ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी