0 Shares

कारको ठक्करबाट ५० वर्षीया महिलाकाे मृत्यु

चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । कारले ठक्कर दिँदा एक पैदलयात्रीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ३१७७ नम्बरको कारले बाटो काट्दै गरेकी दराईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा साँझ ५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रकाशित: १४ कार्तिक २०७७ २०:४५ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी