११ असार २०७९ शनिबार
1
1
1
1

0 Shares

ट्रयाक्टर दुर्घटनामा मृत्यु

1
1
1
1

सूर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटमा आज खेत जोत्ने हाते ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक सूर्यविनायक निवासी ५० वर्षीय कृष्णराम सुवाल छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार ट्रयाक्टर पक्की सडकबाट भिरालो बाटामा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरको फालीले घाँटीलगायत शरीरका विभिन्न भागमा काटेको थियो ।

गम्भीर चोट लागेपछि उपचारका लागि मध्यपुर अस्पताल लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको उनले बताए ।

प्रकाशित: १५ कात्तिक २०७७ १८:३९ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी