महोत्तरी।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीको टोलीले २ वटा जेसिबी र ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नं ७ स्थित रातु खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा २ वटा जेसिबी र ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका ती सवारी साधनलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय जलेश्वरमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं। ९ गणका गणपति स.प्र.उ सुरेश सापकोटाले बताए।
प्रकाशित: २२ कात्तिक २०७७ १४:५९ शनिबार