१५ माघ २०७८ शनिबार
1
1
1

अस्पतालमा छटपटाउँदै मण्डनदेउपुरका राजु कमर, सहयोग जुटाउँदै युवाहरु

1
1
1
1
1
1
1
1
1

काभ्रे ।

मान्छेको जीवनमा हरेक अप्ठ्याराहरु सधैं आउँछन् । ती अप्ठ्यारालाई सामना गर्दै अघि बढ्न चुनौती पनि उस्तै छन् । जिन्दगीमा हिड्दै जाँदा पनि समस्याहरु आउँछन् । यस्तै भएको छ काभ्रेको मण्डनदेउपुर १२ रामपुरका राजु कमरलाई । उनको दैनिकी घर बनाउने काम गरेरै बित्दै आएको थियो । सामान्य आर्थिक अवस्थाले गर्दा मजदुरी गर्नु बाध्यता पनि थियो । यसैबीच उनको जीवनमा एउटा बज्रपात परेको छ ।

घर बनाउने मिस्त्री काम गर्दै आएका राजु गत मंसिर ५ गते काम गर्ने शिलशिलामै निर्माणाधिन एक घरको २ तला माथिबाट झरे । लडेर गम्भिर घाइते भएका उनको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि धेरै खर्च चाहिन्छ तर उनको परिवारको आर्थिक अवस्था निकै दयनिय छ ।

यतिबेला उनको परिवार राजुको उपचारका लागि पैसा जुटाउन सके हुन्थ्यो भन्ने चिन्तामा छ । तर आफन्त, साथीभाई र मनकारी दाताको खोजीमा रहेको राजुको परिवारमा यसको पहल गर्न सक्ने कोही छैनन् । गाउँका स्थानिय केही युवाहरुले अहिले मण्डनदेउपुरमा राजु कमर बचाउ अभियान शुरु गरेका छन् । स्थानिय मनोज प्रसाद पौड्याल, कुमार तामाङ, श्याम कुँबर, प्रमिक कुँबर र राजेन्द्र पराजुली लगायतको टिमले सामाजिक संजालमार्फत सहयोग अभियान चलाएका छन् ।

 

आइतबारबाट शुरु गरिएको यस अभियानमा मण्डनदेउपुर नगरपालिका १२ का वडाध्यक्ष गोविन्द प्रसाद पराजुलीले पनि साथ दिएका छन् । वडाध्यक्ष पराजुलीले आफ्नो तर्फबाट नगद ५ हजार सहयोग गरिसकेका छन् । उनले अरुलाई पनि सकेको सहयोगका लागि अनुरोध गरेका छन् । वडाबाट सहयोगका लागि सिफारिस पनि बनाइएको जानकारी दिंदै पराजुलीले मानवीय अप्ठ्याराहरु जतिबेला पनि र जसलाई पनि आउने भएकाले सकेको सहयोग गरौं भन्ने अभिप्रायले युवाहरुले शुरु गरेको कामको प्रशंसा पनि गरेका छन् ।

 

 

यस अभियानमा कुन्तावेसीबाट सामाजिक अभियान्ता कृष्णकुमार श्रेष्ठले पनि साथ दिएका छन् । विस्तारै सहयोग जुट्ने क्रममा छ । सबैको साथ र सहयोगले अप्ठ्यारोमा परेकाको जीवन बचाउन सकिने भएकाले सकेको सहयोग गर्न श्रेष्ठले अनुरोध गरेका छन् ।

यस अघि पनि मण्डनदेउपुरमा अप्ठ्यारोमा परेका दीर्घरोगका विरामीहरुलाई यसरी नै सहयोग अभियान शुरु गरिएको थियो । जस मध्ये अधिकांशको अहिले उपचार पनि भएको छ । पछिल्लो राजु कमर बचाउ अभियानले पनि सार्थकता पाउने विश्वास युवाहरुले लिएका छन् । उनलाई सहयोग गर्नका लागि निम्न बैंक खाता नं वा व्यक्तिसँग सम्पर्क गर्न सकिने पनि उनीहरुले बताएका छन् । युवाहरुकाे अपिलमा भनिएकाे छ

काभ्रे जिल्ला मण्डन देउपुर नगरपालिका वडा -१२ रामपुर घर भै काठमाडौ मा मजदुरी गर्दै आएका बर्ष ३७ का राजु कमर काठमाडौमा घर बनाउने काम गर्ने क्रममा २ तलामाथि बाट खसेर दुर्घटना भएको र टाउको मा गम्भीर चोट लागेकाे छ ।

निजको त्रि. वि. शिक्षण अस्पताल महाराजगन्जमा सघन उपचार कक्ष ( ICU Unit) मा उपचार भैरहेको छ। उपचारको क्रम मा धेरै पैसा खर्च भैसकेको र घरको अभिभावक नै बिरामी भइ जीवन र मरणसँग लडिरहेका राजु कमरको परिवारको आर्थिक अवस्था दयनीय छ।

नाबालक छोराहरु छन् । घरमा आम्दानीको मजदुरी बाहेक कुनै श्रोत छैन । त्यसैले हामीले उहाँको उपचारको लागि सहयोग अभियान सुरु गरेका छौँ । यो दुःखको घाउमा मल्हम लगाउने अभियानमा देश तथा बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा हृदय देखि नै सहयोगका लागी अनुरोध गर्दछौँ ।

उनको स्वास्थ्य लाभको कामना गर्दै सहयोगी हातहरु अगाडि बढाउनका लागि तल उल्लेख भएकाे बैँक खातामा रकम जम्मा गर्न वा उल्लेखित व्यक्तीहरुलाई सम्पर्क गरेर सहयाेग गर्न सकिनेछ ।

कृषि बिकास बैंक, पाँचखाल शाखा
खाता नं. ०२१२७०१७३०९०४०१९
( सबिता कमर राजु कमरकी श्रीमती )

गोबिन्द प्रसाद पराजुली :९८५१२५४५८४ (वडाध्यक्ष)
कुमार तामाङ : ९८०२०३४९००
मनोज प्रसाद पौड्याल :९८४३२४८४४७
श्याम कुबर : ९८०८५१८१८४
प्रमिक कुबर : ९८४००२७४८४
राजेन्द्र पराजुली ९८६३०२३६८०

प्रकाशित: १५ मंसिर २०७७ १२:३२ सोमबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी