सोमबार राति झापामा आगलागी हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
दमक नगरपालिका_३ मा रहेको भुटानी शरणार्थी शिविरमा आगो लाग्दा बस्ने ६० वर्षका देशमान राईको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।
बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका राईको जलेर घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ। प्रहरीका अनुसार उनी प्यारालाइसिसका बिरामी थिए । आगलागीका कारण ३ लाख रुपैयाँ बराबरकाे सुनचाँदी, ८ लाख रुपैयाँ बराबरकाे खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पनि प्रहरीले जनाएको छ ।
स्थानीयबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रण गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित: २८ पुस २०७७ ०८:२१ मंगलबार