समाज

एटिएम बुथ फोड्दै गर्दा ३ जना पक्राउ

15 Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएम बुथको ढोकाको शिसा फुटाउँदै गरेको अवस्थामा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका-७ का २२ वर्षीय साहील खत्री, काठमाडौं महानगरपालिका-२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका-७ घर भएका २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगरलाई पक्राउ गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ३ माघ २०७७ १८:१५ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी