हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाे हुँदा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र तराई भू-भागहरु हुसु्/कुहिरो लागेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिनभर सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक /दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
प्रकाशित: १० माघ २०७७ ०६:३७ शनिबार