काठमाडौं उपत्यकामा आज १९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज १९४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १९४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९८ हजार ६००, भक्तपुरमा ९ हजार १२ र ललितपुरका १५ हजार ५२८ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २३ हजार १७५ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ जना पुगेको छ । आज ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६९९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९१२ पुगेको छ।

नेपालमा हालसम्म १९ लाख ७८ हजार ८४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार २८६ सय जनाको परीक्षण गरिएको छ ।

Logo