समाज

आज साढे २८ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोप

15 Shares

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन आज २८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बिहीवार ७७ जिल्लाका खोप केन्द्रबाट २८ हजार ७३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभिड-१९ खोप अभियान अन्तर्गत बेलुका ५ वजे सम्मकाे अपडेट अनुसार जसमध्ये प्रदेश नं. १ मा ३ हजार८४७, प्रदेश नं. २ मा २ हजार १७४ जना र बागमतीमा ११ हजार ४६१ गण्डकीमा ४ हजार ८५३जनाले खोल लगाएका हुन् ।

यस्तै लुम्बिनीमा २ हजार ३०३, कर्णालीमा १ हजार ६७७ र सुदूरपश्चिममा २ हजार ४१७ ले खोप प्राप्त गरेका मन्त्रालयले जनाएकाे छ । साथै  आजसम्म खोप पाएका व्यक्तिहरू मध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या देखिएको छैन्‌।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने कार्यसूची अनुसार खोप कार्यक्रम जारी रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित: १५ माघ २०७७ १९:२७ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी