थाइल्याण्डले दियो नेपाललाई ६७ रनको लक्ष्य

थाइल्याण्डले दियो नेपाललाई ६७ रनको लक्ष्य


काठमाडौं ।

एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भइरहेको नेपाल र थाइल्याण्डबीचको खेलमा नेपालले ६७ रनको लक्ष्य पाएको छ ।

टस जितेर थाइल्याण्डले ब्याटिङ सुरु गरेको आजको खेलमा नेपालले राम्रो प्रर्दशन गरेको छ । थाइल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो।

नेपालका लागि करण केसीले ४ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिए । यस्तै अभिनाश बोहराले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए ।

Logo