४ जेठ २०७९ बुधबार
1
1
1
1

0 Shares

योग दिवसका अवसरमा बृहत योग शिविर संचालन हुँदै

1
1
1
1
1
1

पोखरा, ३०, पुस
पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना एवं पतञ्जलि योग समिति नेपालको संयोजकत्वमा तीन दिने बृहत् योग शिविर सञ्चालन हुने भएको छ ।तेस्रो राष्ट्रिय योग दिवसका अवसरमा माघ १ देखि ३ गते सम्म सिमलचौर स्थित ह्वाइट हाउस पार्टी प्यालेसमा बिहान ६ः०० देखि ८ः०० बजे सम्म दुई घण्टा शिविर सञ्चालन गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने मूल नारा सहित आयोजित शिविरमा लोकनाथ खनाल प्रमुख प्रशिक्षक रहनु हुने पोखरा लेखनाथ महानगरपालिकाका आयुर्वेद चिकित्सक डा. ओम प्रकाश कलौनीले बताए ।

योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने बताउँदै उनले योग र आयुर्वेदलाई सर्वसाधारणको पहुँच सम्म पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिन लागेको जानकारी दिए । पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक लोकनाथ खनालले नेपाल लगायत विश्वका १७७ राष्ट्रको समर्थनमा योग दिवसले मान्यता प्राप्त गरेको जानकारी दिए । शिविरमा दैनिक ५०० भन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । पोखरा लेखनाथ महानगरपालिकाका निमित्त प्रशासकीय प्रमुख वसन्तराज सिग्देलले महानगरले योग र आयुर्वेदलाई सँगसँगै अगाडि बढाउने तयारीमा जुटेको बताए ।
रासस

प्रकाशित: ३० पुष २०७४ ०८:५७ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी