चिनियाँ राष्ट्रपति आउँदा २४ घण्टा काठमाडौंको यातायात प्रभावित हुने

चिनियाँ राष्ट्रपति आउँदा २४ घण्टा काठमाडौंको यातायात प्रभावित हुने


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा झण्डै २४ घण्टा काठमाडौंको ट्राफिक व्यवस्थापन पूर्ण रुपमा प्रभावित हुने भएको छ।

सी शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन्। उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नेछन् । सी चढेको जहाज शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

त्यो समय विमानस्थल साढे २ घण्टा बन्द हुनेछ । शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन गरिनेछ । आइतबारै दिउँसो १ बजे सीको चीन फर्किने कार्यक्रम छ । आइतबार पनि बिहान ११ः२० देखि १ः५० सम्म विमानस्थल बन्द हुनेछ।

शनिबार दिउँसो २ बजेदेखि राष्ट्रपति भवन शीतलनिवासदेखि लाजिम्पाट, दरबारमार्ग, माइतीघर, नयाँ बानेश्वर र एयरपोर्टसम्मको रुटमा कुनै पनि सवारीसाधन चल्न पाउने छैनन् ।

त्यस्तै, यही रुटका साथै माइतीघरदेखि त्रिपुरेश्वर, टेकु, कालिमाटीबाट होटल सोल्टी क्षेत्रमा पनि कुनै पनि सवारीसाधन चलाउन पाइने छैन। कलंकीदेखि एयरपोर्टसम्म र सोल्टी होटलदेखि राष्ट्रपति भवन शीतल निवाससम्म दुई दिन पूर्ण रुपमा सवारी आवागमन बन्द हुनेछ । काठमाडौंको रिङ रोडदेखि भित्री सडक पनि बन्द हुने ट्राफिक प्रहरीले जनाएको छ ।

Skip This
Logo