कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित


काठमाडौं ।
नेपाली कांग्रेसको मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै पुस १९ गतेसम्मका लागि स्थगित भएको छ।

कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा पुस १३ गते देशव्यापी प्रदर्शनलाई सशक्त बनाउने भएको छ। बैठकले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसमा कार्यक्रमसमेत गर्ने भएको छ। अर्को बैठक पुस १९ गते दिउँसो १ बजे बस्ने कांग्रेसले जनाएको छ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरी लगायतले विचार राखेका थिए।

Logo