रित्तै उड्नु छ जापान

रित्तै उड्नु छ जापान


काठमाडौं,

सुन्दा गर्वै लाग्छ, नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तै जस्तै जान्छ, रित्तै जस्तै आउँछ।

अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए। अहिलेसम्मको औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २ सय ७६ सिट क्षमताको वाडइबडी विमान अगस्ट ३१ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो ।

‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो’, निगमका उच्च अधिकारीहरू भन्छन्, ‘भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ।’

लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो । निगम दिवस जुलाई १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्टै भने, ‘उडाउनु पथ्र्यो नारिता, उडाउन खोजिँदैछ ओसाका।’

नारिता राजधानी टोकियोसँगैको विमानस्थल हो। त्यसभन्दा टाढाको सहर ओसाकाबाट नेपाल आउने र यताबाट त्यहाँ जाने यात्रु तुलनात्मक निकै कम हुन्छन् । यो जापानको क्षेत्रीय केन्द्र हो, जहाँ नेपालसँग हवाई व्यापार चम्किने कुनै साइनो छैन ।

यात्रु नै छैनन् जापान उडानको पहिलो दिन अगस्ट २९ मा अहिलेसम्मका धेरै १ सय ४९ यात्रु थिए । तर, टिकट काटेका ८८ मात्र । बाँकी ६१ जना सित्तैंमा पाहुना बनाएर लगिएका । उनीहरूको टिकट र जापानको सम्पूर्ण खर्च निगमले व्यहोरेको थियो ।
अन्नपूर्णबाट

Logo