फर्निसिङ एक्स्पो भदौ २५ गतेबाट

फर्निसिङ एक्स्पो भदौ २५ गतेबाट


फर्निचर तथा फर्निसिङ एक्स्पोको भदौ २५ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले एक्स्पोको सबै तयारी पुरा भईसकेको जानकारी दिंदै बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको ईन्टेरियर डिजाइनका लागि एक्स्पो उचित हुने बताए । प्रदर्शनीमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री राखिने उनले जानकारी दिए । यसैगरी उनले कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने बन्ने पनि बताए ।

एक्स्पो व्यवस्थापनको जिम्मा पाएको इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामाग्रीका स्टल रहने जानकारी दिए।

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवर्द्धन गर्ने उद्धेश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।

Logo