काभ्रेको पनौतीमा रहेको तेजगंगा क्याम्पसमा ताला

काभ्रेको पनौतीमा रहेको तेजगंगा क्याम्पसमा ताला


पनौती ,

क्याम्पस प्रशासनलाई पटक पटक अनुरोध गर्दा पनि आफ्ना मागहरु प्रति जिम्मेवार नबनेको भन्दै काभ्रेको पनौतीमा रहेको तेजगंगा बहुमुखी क्याम्पसमा विभिन्न माग सहित ताला लगाइएको छ ।

यसअघि पटक पटक क्याम्पस प्रशासनसँग लिखित माग गरेको स्ववियुले अन्तिम पटक २४ घण्टे अल्टिमेटम दिँदै भाद्र ९ गते ६ बुँदे मागपत्र पेश गरेको थियो ।

बुधवार स्वतन्त्र विद्यार्थी युनियन तेजगंंगा बहुमुखी क्याम्पसका अध्यक्ष राजेश थापाद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासन कक्षमा युनियनले तला लगाइ दिएको छ ।

क्याम्पसले मनोमानी हिसाबले शुल्क समायोजन गरेको , क्याम्पस व्यवस्थापन समितिमा विद्यार्थी प्रतिनिधिको सहमति विपरीत नै निर्णय गराइएको, शैक्षिक क्यालेण्डरको पालना नभएको, विद्यार्थीसँग लिएको शुल्क र लेखापरीक्षण हिसाब फरक पाइएको, लगायतका विषयमा असहमति रहेको स्ववियुले जनाएको छ ।

Logo