दलित नेटवर्कको अध्यक्षमा मोहन ओड निर्वाचित

दलित नेटवर्कको अध्यक्षमा मोहन ओड निर्वाचित

केन्द्रबिन्दु
70
Shares

कैलाली। राष्ट्रिय दलित नेटवर्कको अध्यक्षमा मोहन ओड निर्वाचित भएका छन्। नेटवर्कको राष्ट्रिय सम्मेलन तथा १६ औँ साधारण सभाले ओडको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिले शनिबारै कार्यभार समेत सम्हालेको छ। सम्मेलनले संस्थापक अध्यक्ष गणेशबहादुर विश्वकर्मालाई संरक्षकको जिम्मेवारी दिएको छ।

कार्यसमितिको उपाध्यक्षमा श्याम सुनार, महासचिवमा पार्वती आग्री, कोषाध्यक्षमा जंगबहादुर सुनार र सचिवमा गीता नेपालीलाई चयन गरेको छ। त्यस्तै, सदस्यहरूमा प्रेम बिके, कलावती भाँड, प्रेमकला सोव र दिक्षा सार्की चयन भएका छन्।

संस्थापक अध्यक्ष विश्वकर्माले नवनिर्वाचित समितिका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै संस्थाको नेतृत्वमा स्थापित भएकोमा बधाई समेत दिए।

नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य समेत रहेका विश्वकर्माले मुलुकले संघीयता र समावेशी विकासको अभ्यास गरिसकेको सन्दर्भमा दलितहरुको राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार स्थापना गर्नका लागि संगठनले निरन्तर पैरवी र पहरेदारी गर्दै आएको बताए।

उनले दिगो विकास लक्ष्यको कसैलाई पछाडी नपारौँ भन्ने मुल मर्म र भावना अनुरुप संगठनको अभियान त्यसतर्फ केन्द्रित हुनुपर्ने कुरामा जोड दिए।

Skip This
Skip This
Logo