घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको मृत्यु

घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको मृत्यु

केन्द्रबिन्दु
98
Shares

विराटनगर। सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका-६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।

कटुवाल सुतेको कोठामा आगलागी भएको थियो। आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। अर्को कोठामा उनका छोराबुहारी सुत्ने गरेका थिए। उनीहरुले आगो कोठामा फैलिसकेपछि मात्र आफूहरुले थाहा पाएको प्रहरीलाई बताएका छन्।

प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाइएकाले अन्यत्र फैलन नपाएको जनाइएको छ। के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

Skip This
Skip This
Logo