ग्याल्पो ल्होसारजस्ता सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछन् : राष्ट्रपति

ग्याल्पो ल्होसारजस्ता सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछन् : राष्ट्रपति

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्धत पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

सोमबार शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका सन्दर्भमा देशबासीमा सुख, शान्ति एवं समृद्धिको कामना गर्दै राष्ट्रपति पौडेलले यस्तो सांस्कृतिक पर्वहरूले सम्पूणर् नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विस्वास व्यक्त गरेका छन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास मलाई छ,’पौडेलले भनेका छन् ।

Logo