हत्कडीसहित भागेका थुनुवालाई समात्न खोज्दा प्रहरी जवानको ज्यान गयाे

हत्कडीसहित भागेका थुनुवालाई समात्न खोज्दा प्रहरी जवानको ज्यान गयाे

केन्द्रबिन्दु
154
Shares

दार्चुलामा थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न खोज्दा लडेर ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो मृत्यु भएको हो । कैलाली घर भएका चौधरी दार्चुलामा कार्यरत थिए ।

हिरासतमा रहेका महाकाली नगरपालिका -१ का २३ वर्षीय उमेश कुवरलाई अस्पताल लैजाने क्रममा हत्कडीसहित भागेपछि उनलाई लखेट्दै गरेका चौधरीको भीरबाट लडेर टाउकोमा गम्भीर चोट लागेको र अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

हत्कडीसहित भागेका कुँवरलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Logo