सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई थप एक साता थुनामा राख्न अनुमति

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई थप एक साता थुनामा राख्न अनुमति

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

यही सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त शर्माको इजलाशले ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तर, अनुसन्धान नसकिएपछि शुक्रबार ७ दिन म्याद थप गरिएको हो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक जोशीले पोखराको सूर्यदर्शन सहकारीको करोडौं रकम हिनामिना गरेको आरोप छ । 

Logo