काठमाडौं उपत्यकामा आज ४६० जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा आज ४६० जनामा कोरोना पुष्टि


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ४६० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३४९, भक्तपुरमा १६ र ललितपुरमा ९५ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९० हजार ७७ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार १३६ जना कोरोना संक्रमित छन् । ललितपुरमा १३ हजार ७६३ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ११ हजार ९०६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ जना पुगेको छ । आज १ हजार २४ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ । आज मात्र १० जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ । आज निको हुनेको संख्या २ हजार २०६ रहेको छ ।

आजको पिसिआर परीक्षण ६ हजार ७४ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ७८ हजार २४ रहेको छ । आज १४ हजार २५५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo