डा.केसीको समर्थनमा इलाममा र्‍याली

डा.केसीको समर्थनमा इलाममा र्‍याली


इलाम
सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई समर्थन गर्दै जिल्लाका महिलाले र्‍याली प्रदर्शन गरेका छन् । केसीको सत्याग्रहस्थल फूलगाछीबाट सुरु भएको र्‍यालीले इलाम चोकबजारबाट मालापथ हुँदै पुनः चोकबजार परिक्रमा गरेको थियो ।

र्‍यालीपछि आयोजित कोणसभामा जिल्लाकी अगुवा विष्णु दाहालले डा.केसीले उठाएका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘गरिबका छोराछोरीले पनि डा.बन्न पाउनुपर्छ, दुर्गम क्षेत्रमा पनि मेडिकल कलेज र अस्पताल खुल्नुपर्छ भन्ने केसीको माग जायज भएकाले उहाँलाई हाम्रो समर्थन छ ’ उनले भनिन् ।

र्‍यालीमा सहभागी महिलाले ‘डा.केसीका माग पूरा गर,’ ‘डा. केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं,’ ‘आई एम विथ डा.केसी’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । डा.केसीले बुधबार इलाममा १६ औं सत्याग्रह थालेका थिए । उनले इलाम, पाँचथर, उदयपुर लगायत जिल्लामा पनि सरकारी मेडिकल कलेज अस्पताल खुल्नुपर्ने माग राखेकाले उनको मागप्रति जिल्लाबासीको ऐक्यबद्धता जुट्दैछ ।
नागरिकबाट

Logo