२० मंसिर २०७८ सोमबार

0 Shares

श्रीमतीले दर्ता गरिन् श्रीमान् विरुद्ध जबरजस्ती करणीको मुद्दा

कञ्चनपुर

कञ्चनपुरमा एक महिलाले श्रीमान विरुद्ध जबरजस्ती करणी मुद्दा दिएकी छन् । भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर जोशी विरुद्ध मुद्दा दिएकी हुन् ।

मञ्जुले श्रीमानले आफ्नो इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै उजुरी दिएको कञ्चनपुर प्रहरीले जनाएको छ । सोमबार करणी अर्न्तगत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले डेढ वर्ष अघि भागी विवाह गरेका थिए । यसैबीच गर्भवती भएकी मञ्जुले महाकाली अञ्चल अस्पतालमा एक हप्ता अघि गर्भपतन गराएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले मुद्दा दर्ता भए लगत्तै डम्बर पक्राउ परेको बताए । उनका अनुसार घटनाको अनुसन्धान गर्न आदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । ‘नयाँ कानुन लागू भएपछि कञ्चनपुरमा यस्तो मुद्दा दर्ता भएको हो,’ डिएसपी ओझाले भने, ‘घटना बारे विस्तृत अनुसन्धान गछौँ ।’

भदौ १ गते देखि लागू भएको मुलुकी अपराध संहिताको परिच्छेद १८ करणी सम्बन्धी कसुरको (४) उपदफा (३) मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कैदको व्यवस्था गरिएको छ ।
नयाँ पत्रिकाबाट

प्रकाशित: १३ कात्तिक २०७५ ०६:५१ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी