जडिबुटीबाट पेस्तोलसहित तीन जना पक्राउ

जडिबुटीबाट पेस्तोलसहित तीन जना पक्राउ


प्रहरीले काठमाडौंको जडिबुटीबाट एक थान पेस्तोल सहित तीन जनालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धदिङ स्थायी घर भई काठमाडौं बस्दै आएका अर्जुन प्रसाद अधिकारी, धादिङकै केदार अधिकारी र काभ्रे स्थायी घर भएका अञ्जन उप्रेती रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट एकथान चाईनिज पेस्तोल, म्यागेजिन र ३ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पेस्तोल बाहेक उनिहरुको साथबाट ६ थान घरेलु हतियार (खुकुरी) समेत बरामद गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

केदारको साथबाट अवकासप्राप्त प्रहरी जवानको नक्कली परिचयपत्र फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Logo