चितवन राइनोज पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज सम्पन्न भएको इलिमिनेटर खेलमा चितवन रायनोज फाइनलमा प्रवेश गरेको हो । "/>

पीपीएल क्रिकेटकोे फाइनलमा चितवन राइनोज र पोखरा पल्टन भिँड्ने

पीपीएल क्रिकेटकोे फाइनलमा चितवन राइनोज र पोखरा पल्टन भिँड्ने


चितवन राइनोज पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज सम्पन्न भएको इलिमिनेटर खेलमा चितवन रायनोज फाइनलमा प्रवेश गरेको हो ।काठमाडौं रोयल्सले दिएको ९५ रनको सामान्य लक्ष्य चितवन राइनोजले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । चितवनका लागि स्मित पटेलले ३८ र हरिशंकर शाहले २६ रन बनाए भने, आरिफ शेखले अविजित २० रन बनाए । काठमडौंमाथि जित हात पारेपनि चितवनले सुरुवाती चरणमा राम्रो खेल पस्कन सकेको थिउन । २ रन बनाउँदा १ विकेट गुमाएको चितवनले ३१ रन हुदा ३ विकेट गुमाएको थियो ।

काठमाडौंका लागि सुसन भारीले ३ विकेट लिए भने,, पवन सर्राफले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो । काठमाडौं सस्तैमा समेटिएपछि चितवनले सामान्य चुनौति पाएको थियो । काठमाडौंका कुनै पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसक्ला सेमिफाइनल चरणबाटै घर फर्कन बाध्य भयो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए भने, जयकृशन कोल्सवालाले २५ रन बनाए । कप्तान ज्ञानेन्द्र र कोल्सवालाबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ सुन्नी पटेलले ३ विकेट लिए भने स्मित पटेल र भुवन कार्कीले समान २२ विकेट लिए ।

सर्वाधिक पुरस्कार राशीको पीपीएलको उपाधिका लागि अब चितवनले मंगलबार पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ । लिगको शीर्ष स्थानमा रहदै पोखरा पल्टनभने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

 

 

Logo