काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । "/>

बूढीगण्डकीलाई भकुण्डो नबनाऔंः डा. भट्टराई

बूढीगण्डकीलाई भकुण्डो नबनाऔंः डा. भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिने निर्णय सरकारले गरेसँगै भट्टराईले अमेरिकाबाटै असन्तुष्टि जनाएका छन् । उनी हाल पत्नीसहित अमेरिका भ्रमणमा छन् । उनले बूढीगण्डकीजस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई भकुण्डो नबनाउन आग्रह गरेका छन् ।

उनले ट्विटमार्फत भनेका छन्, ‘बूढीगण्डकी जस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकार पिच्छे लात्ती हान्ने भकुण्डो नबनाऊँ ।’

Logo