रत्नपार्कको नाम फेर्ने निर्णयप्रति कमल थापाको चेतावनी, ‘द्वन्द्व निम्त्याउने काम नहोस्’

रत्नपार्कको नाम फेर्ने निर्णयप्रति कमल थापाको चेतावनी, ‘द्वन्द्व निम्त्याउने काम नहोस्’


काठमाडौं ।

काठमाडौंको रत्नपार्कको नाम फेरिएकोप्रति राप्रपा अध्यक्ष कमल थापाले चेतावनी दिंदै आपत्ति जनाएका छन् । सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै उनले यस्तो निर्णय नसच्चाइए प्रतिरोधमा उत्रने चेतावनी समेत दिएका छन् ।

इतिहास मेटाउने काठमाडौं महानगरको निर्णय स्वीकार्य नहुने भन्दै थापाले भनेका छन् , ‘श्री ५ महेन्द्रको जीवन संगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन बिताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य अस्वीकार्य छ ।’

यस कार्यले राष्ट्रिय विभूति शंखधर साख्वाकै अपमान भएको थापाको भनाइ छ । आफैंमा चर्चित राष्ट्रिय विभूति साख्वाको सम्मानमा अन्तै छुट्टै सालिक वा पार्क बनाउनु पर्ने थापाको माग छ ।

‘रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र विकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस्’ थापाले अगाडि लेखेका छन्, ‘द्वन्द्व निम्त्याउने काम नहोस् ।’

Logo