काठमाडौं

सरकारले स्वास्थ्य सेवामा पहुँच बढाउँदै लैजाने प्रतिबद्धता दोहोर्याइरहँदा सरकारी सेवामा पाँच वर्ष यता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पाइएको छ । "/>

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै


काठमाडौं

सरकारले स्वास्थ्य सेवामा पहुँच बढाउँदै लैजाने प्रतिबद्धता दोहोर्याइरहँदा सरकारी सेवामा पाँच वर्ष यता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला वर्षका तुलनामा डाक्टरको संख्या घटेको हो ।

सरकारले अघिल्लो साता सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार प्रथम ८ महिनामा स्वास्थ्यमा २ हजार ४ जना चिकित्सक कार्यरत छन् । अघिल्लो वर्ष यही अवधिमा २ हजार ६ सय ४० चिकित्सक कार्यरत थिए । यो गत पाँच वर्षमा सबैभन्दा बढी हो । जनसंख्या बर्सेनि बढे पनि त्यस अनुपातमा चिकित्सकको दरबन्दी अत्यन्तै न्यून छ । भएका दरबन्दी पनि खाली छन् ।

मन्त्रालयका अधिकारीका अनुसार गत वर्ष तत्काीलन स्वास्थ्यमन्त्री गगन थापाले रिक्त दरबन्दी पूर्तिका लागि लोकसेवा मार्फत पहल गरेका थिए । कतिपय ठाउँमा करार नियुक्ति समेत गरिएको थियो । थापाले त्यति बेला देशभरका स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउने अभियान थालेका थिए । त्यति बेला १ सय ७५ चिकित्सक लोकसेवा पास गरेर नियुक्त भएका थिए भने १ सय ३० चिकित्सकलाई करारमा नियुक्ति गरिएको थियो ।

पछिल्लो पटक मन्त्रालयले करार नियुक्ति समेत गरेको छैन । स्वास्थ्यसेवा अन्तर्गत स्थायी तथा करार चिकित्सकको परिचालन स्वास्थ्य मन्त्रालयले गर्छ । सरकारी छात्रवृत्तिमा पढेर आएका चिकित्सकले दुई वर्ष सरकारले खटाएको ठाउँमा सेवा गर्नु पर्ने प्रावधान छ । यस्ता चिकित्सकको परिचालन स्वास्थ्यसेवा विभागले गर्छ । स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका नायब सुब्बा गायत्रीप्रसाद अधिकारीका अनुसार स्वास्थ्यसेवा अन्तर्गत ८ सय १५ मेडिकल अफिसर (आठौं तह) र ६ सय हाराहारीमा विशेषज्ञ (नवौं, दसौ, एघारौं) तहका चिकित्सकको दरबन्दी छ । महाशाखा अनुसार कति दरबन्दी रिक्त छ भन्ने यकीन तथ्यांक छैन ।
नागरिकबाट

Logo