चितवन: 

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । "/>

प्रदेश नम्बर ३: उद्योगसँग पाँच वर्षसम्म कुनै कर नलिइने

प्रदेश नम्बर ३: उद्योगसँग पाँच वर्षसम्म कुनै कर नलिइने


चितवन: 

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा  सौराहामा आयोजित अन्तरक्रिया कार्यक्रममा उले यसो भनेका हुन् । ‘उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि सम्भव नहुने भएकाले प्रदेशको ध्यान यसतर्फ केन्द्रीत भएको छ’, उनले भने ।  

मुख्यमन्त्री पौडेलले आगामी वर्ष ‘उद्योग वर्ष’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार अघि बढेको चर्चा गरे । ‘यो वर्ष हाम्रो प्रदेशले ‘उद्योग वर्ष’ भनेर घोषणा गर्दैछ’,  उनले अगाडि थपे, ‘यो वर्ष दर्ता गर्ने उद्योगलाई हामी पाँच वर्ष कुनैपनि कर लिदैँनौँ, त्यो नीति अहिले लिएका छौँ ।’

अहिले उद्योग दर्ता गर्न झन्झट रहेको औल्याउँदै उनले अब एउटै ढोकाबाट पसेपछि सबै काम सम्पन्न हुने गरी नीति ल्याउन लागेको जानकारी दिए । प्रदेश नं ३ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दावादोर्जे लामाले अब मुलुक बनाउने लडाईँ शुरु भएको भन्दै राजनीतिक लडाईँ सकिएको दाबी गरे । 

कार्यक्रममा चितवनको विकास र चुनौतीका विषयमा कपिल सुवेदी, शिक्षाको विषयमा रामकुमार तिवारी, कृषिको विषयमा भीमनारायण श्रेष्ठ, पर्यटनको विषयमा योगेन्द्रनाथ अधिकारी र स्वास्थ्यका विषयमा विश्णुप्रसाद शर्माले अवधारणापत्र प्रस्तुत गरेका थिए । रासस

Logo