काठमाडौं

देशभरका महानगरपालिकामा झन्डै १ हजार ८ सय मुद्दा दर्ता भएका छन् । महानगरपालिकामा न्यायिक समिति गठन भएसँगै काठमाडौं, ललितपुर, वीरगन्ज, विराटनगर, भरतपुर र लेखनाथ महानगरपालिकामा १ हजार ७ सय ३८ मुद्दा दर्ता भएको देखिएको हो । "/>

महानगरपालिकाहरुमा मुद्दाको चाङ लाग्दै

महानगरपालिकाहरुमा मुद्दाको चाङ लाग्दै


काठमाडौं

देशभरका महानगरपालिकामा झन्डै १ हजार ८ सय मुद्दा दर्ता भएका छन् । महानगरपालिकामा न्यायिक समिति गठन भएसँगै काठमाडौं, ललितपुर, वीरगन्ज, विराटनगर, भरतपुर र लेखनाथ महानगरपालिकामा १ हजार ७ सय ३८ मुद्दा दर्ता भएको देखिएको हो ।

काठमाडौं महानगरपालिकामा १ सय ५०, ललितपुर महानगरपालिकामा ७ सय ३३, वीरगन्ज महानगरपालिकामा ५ सय, लेखनाथ महानगरपालिकामा ६५, भरतपुर महानगरपालिकामा २ सय र विराटनगर महानगरपालिकामा ९० वटा मुद्दाहरू न्यायिक समितिमा दर्ता भएको ती महानगरपालिकाले बताएका छन् ।

दर्ता भएका मुद्दा मध्ये निकै न्यून मात्रामा टुंगिएको सम्बन्धित महानगरपालिकाले बताएका छन् । दर्ता भएका उजुरी अंशवण्डा, बेमेल, सम्बन्ध विच्छेद, अदालतको फैसला कार्यान्वयन लगायत प्रकृतिका छन् । संविधानमा सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका उपमेयर तथा गाउँपालिकाका उपाध्यक्ष न्यायिक समितिको प्रमुख रहने व्यवस्था छ ।

काठमाडौं महानगरपालिकामा दर्ता भएका मध्ये ५५ वटाको सुनुवाइ भइसकेको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । उनले भने– ‘हामी कहाँ घरकोठा खाली गरी पाऊँ भन्ने देखि जेष्ठ नागरिकलाई खान लगाउन नदिए सम्मको उजुरी पर्ने गरेको छ ।’
नेपाल समाचारपत्रबाट

 

Logo