काठमाडौँ

संसद्का कर्मचारीले सरकारी गाडी दुरुपयोग गरेका छन् । ऐनविपरीत संसद्का सचिव, उपसचिव देखि कार्यालय सहयोगीले गाडीको सुविधा उपभोग गरेका हुन् । "/>

संसद्का कर्मचारीहरुबाटै सरकारी गाडीको चरम दुरुपयोग

संसद्का कर्मचारीहरुबाटै सरकारी गाडीको चरम दुरुपयोग


काठमाडौँ

संसद्का कर्मचारीले सरकारी गाडी दुरुपयोग गरेका छन् । ऐनविपरीत संसद्का सचिव, उपसचिव देखि कार्यालय सहयोगीले गाडीको सुविधा उपभोग गरेका हुन् । कसैले एक भन्दा बढी गाडी लिएर त कसैले आवश्यकता विना गाडी चढेर दुरुपयोग गरेका छन् । गाडीको इन्धनमा समेत अनियमितता भएको छ ।

ऐन अनुसार संसद्का पदाधिकारीले एक–एक वटा गाडी सुविधा पाउँछन् । सभामुख, सचेतक देखि सचिव सम्म संसद्का पदाधिकारी हुन्छन् । तर संसद्का सचिवले दुईवटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । उपसचिवहरूले समेत गाडी सुविधा लिँदै आएका छन्  ।

संघीय संसद सचिवालयका सचिव हिमलाल सुवेदीले २ वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । उनले प्रयोग गरेका गाडी एउटा नयाँ र अर्को पाँच वर्ष पुरानो छ । सुवेदीले चालकको नाममा समेत रकम बुझ्दै आएका छन्, जब कि चालक भने राखेका छैनन् । स्रोतका अनुसार पुरानो गाडीको मर्मत खर्च बढी पाइने भएकाले उच्च ओहोदाका कर्मचारी पुरानो र नयाँ दुवै गाडी लिन्छन् । सचिवालयले पुरानो गाडीका लागि मर्मत खर्च बढी दिन्छ । सचिव सुवेदीले सवारीचालकको नाममा आउने पारिश्रमिक, मोबिल, मर्मत खर्च र इन्धन बापतको रकम आफैंले बुझ्दै आएका छन् ।
नयाँ पत्रिकाबाट

Logo