जिमेलले आफुलाई परिवर्तन गर्दै

जिमेलले आफुलाई परिवर्तन गर्दै


गुगलले आफ्नो ईमेल सेवाको रुपमा रहेको जिमेलमा विभिन्न परिवर्तन ल्याउने संकेत दिएको छ । यो परिवर्तनको जानकारी यदी तपाई जिमले चलाउनु हुन्छ भने केही दिनमै आउन सक्ने जनाईएको छ ।

गुगलले जिमेलमा गर्ने परिवर्तनको विषयमा गुगलले जि स्विट एकाउन्टको एडमिनिष्ट्रेसनलाई पठाएको ईमेलमा जानकारी गराएको हो । यो जानकारी सार्वजनिक भएपछि गुगलले जिमेलमा परिवर्तन ल्याउन लागेको समाचार सार्वजनिक भएको हो । गुगलले गर्न लागेको परिवर्तनहरु यसप्रकार रहेको छ ।

– गुगलले जिमेलमा ल्याउन लागेको परिवर्तनको बेला प्रयोगकर्ताको ईमेललाई कुनै किसिमको बाधा नपुर्‍याउने योजना बनाएको छ । यो परिवर्तन पछि प्रयोगकर्ता जिमेलवाट सोझैं गुगल एप्समा पनि पुग्न सक्छन् ।

– यो परिवर्तन पछि जिमेलका प्रयोगकर्ताहरुले कम शब्द टाईप गरे हुन्छ । जस्तो तपाईले कुनै ईमेल प्राप्त गरेर पठाउनेलाई थ्याङ्क्यु, लेट्स गो लगायत विभिन्न शब्दहरु टाईप नै गर्नु पर्दैन । यस्ता शब्दहरु शब्जेक्सनको रुपमा आउने छ । जसलाई एक पटक थिचे पुग्ने छ ।

– यो परिवर्तन पछि जिमेलका प्रयोगकर्ताहरुले आफ्नो ईमेललाई स्नुज पनि गर्न सक्नेछन् । यो सिष्टम अनुसार तपाईलाई कसैलाई मेल पठाउनु छ भने तपाईले टाईप गरेर राख्न सक्नुहुन्छ र सेड्युल बनाउनु भयो भने सोही समय अनुसार स्वत: पठाउन सक्नुहुने छ ।

– जिमेललाई वेवसाईट मार्फत् चलाउने प्रयोगकर्ताहरुलाई अफलाईन सर्पोटको पनि ब्यवस्था हुने छ । सम्भवत गुगलले यो फिचरलाई आगामी जून महिना देखि संचालनमा ल्याउने छ ।

– गुगलले जिमेललाई वेवसाईट मार्फत् चलाउने प्रयोगकर्ताहरुलाई थप आकर्षक बनाउन आफ्नो सज्जा र ढाँचामा समेत परिवर्तन ल्याउने छ । यो डिजाईन पहिलाको तुलनामा धेरै नै आकर्षक र प्रयोगकर्तालाई चलाउन सजिलो हुने बताईएको छ ।

Logo