काठमाडौं

अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमा राष्ट्रिय अर्थतन्त्रको यथार्थ तस्बिर सार्वजनिक गरिएको भन्दै अनावश्यक टिका टिप्पणीको अर्थ नहुने बताएका छन् । "/>

श्वेतपत्र यथार्थ तस्बिर हो, अनावश्यक टिका टिप्पणी नगरौं : अर्थमन्त्री

श्वेतपत्र यथार्थ तस्बिर हो, अनावश्यक टिका टिप्पणी नगरौं : अर्थमन्त्री


काठमाडौं

अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमा राष्ट्रिय अर्थतन्त्रको यथार्थ तस्बिर सार्वजनिक गरिएको भन्दै अनावश्यक टिका टिप्पणीको अर्थ नहुने बताएका छन् । नकारात्मक दृष्टिकोणबाट श्वेतपत्र सार्वजनिक गरिएको भन्दै केही अर्थशास्त्री र सांसदहरूले आलोचना गरेपछि अर्थमन्त्री खतिवडाले वास्तविकतामा आधारित हुन सुझाव दिएका हुन् । ‘सत्य तीतो हुन्छ, तर सत्य सत्य नै हो’, प्रतिनिधिसभामा मंगलबार अर्थमन्त्री खतिवडाले भने, ‘श्वेतपत्रमा सत्य कुरा राख्न खोजिएको छ ।’ विना कुनै आग्रह श्वेतपत्र ल्याइएको भन्दै मन्त्री खतिवडाले निरपेक्ष खुलापन तर्फ सचेत हुनु पर्ने बताएका छन् ।

‘अर्थतन्त्रका सम्पूर्ण संरचना ध्वस्त भए भन्ने होइन’,उनले भने, ‘ संरचनागत कमजोरी छन् र तिनीहरूलाई सच्याउँदै लैजानु पर्छ ।’ त्यस अघि प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदले श्वेतपत्रले नकारात्मक सन्देश दिएको भन्दै जनतामा निराशा छाएको धारणा राखेका थिए । ‘अर्थतन्त्रमा अदृश्य दायित्व धेरै छन,’ मन्त्री खतिवडाले भने, ‘कुनै पार्टी प्रति श्वेतपत्रमा केही उल्लेख छैन ।

कालखण्डको यथार्थ समीक्षा गरिएको हो ।’ राज्यको सम्पत्ति कुनै व्यक्तिको हातमा नजाओस् भन्नेमा सचेत हुनु पर्ने उल्लेख गर्दै उनले भने, ‘निरपेक्ष खुलापनतर्फ सचेत हुनै पर्छ । संसद बाहिरबाट समाधान खोजे विवाद हुन्छ ।’ स्वास्थ्य उपचार, सामाजिक भत्ता वृद्धि जस्ता विषयमा संसदले नै निर्णय लिनु पर्ने उनले बताए । मीनेन्द्र रिजाल, पम्फा भुसाल, अनिल झा लगायत सांसदले श्वेतपत्रले देश असफल बाटोमा हिँड्न लागेको संकेत गरेको भन्दै नकात्मक दृष्टिकोणले श्वेतपत्र आएको भनी असन्तुष्टि जनाएका थिए ।
अन्नपूर्णबाट

Logo