प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रजातन्त्र र लोकतन्त्र प्रति सरकारले सुनियोजित रुपमा प्रहार गर्ने काम गरेको आरोप लगाएको छ । "/>

संसदमा प्रतिपक्षीः ओली सरकारमाथि आरोप नै आरोप (भिडियोसहित)

संसदमा प्रतिपक्षीः ओली सरकारमाथि आरोप नै आरोप (भिडियोसहित)


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रजातन्त्र र लोकतन्त्र प्रति सरकारले सुनियोजित रुपमा प्रहार गर्ने काम गरेको आरोप लगाएको छ ।

शुक्रबार प्रतिनिधीसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले शहिद दिवस र प्रजातन्त्र दिवसको दिनको सार्वजनिक विदा कटौति गरेर सकारले लोकतन्त्र र प्रजातन्त्रमाथि षडयन्त्रपुर्वक प्रहार गरेको बताए ।

फागुन ७ गते प्रजातन्त्र दिवस र माघ १६ गते शहिद दिवसको विदा कटौति गर्ने सरकारको निर्णयलाई आफुहरुले लोकतन्त्र विरुद्धको सुनियोजित आक्रमणको रुपमा लिएको भन्दै आपत्ती जनाए ।

सांसद बडुले भारतीय सिमा जोडिएको जिल्ला दार्चुलामा झण्डै डेढ महिना देखि जारी विवादबारे सरकार गम्भीर नबनेको आरोप लगाए ।

सो क्षेत्रमा नेपाल सरकारलाई जानकारी सम्म नदिई भारतले ८ वटा पुल बनाएको नेपालीले प्रयोग गर्ने पुल भारतीय सिमा सुरक्षा अधिकारीले हटाईदिएको तथा त्यसबारे दार्चुलाको स्थानीय प्रशासनले तत्काल ध्यानाकर्षण गराउदा पनि उदासिनता देखाएको भन्दै उहाँले सरकारले गम्भीर ध्यानाकर्षण गराए ।

 

Skip This
Logo