सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर


काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुन २०० ले घटेको हो ।

बुधबार १ सयले बढेको सुन विहिबार २ सयले घटेको हो । सुन मंगलबार एकै दिन ३ हजार ४०० ले घटेको थियो । सोमबार ५ सय रुपैयाँले बढेर ९८ हजार २०० सयमा कारोबार भएको सुन मंगलबार ९४ हजार ८०० मा कारोबार भएको थियो । आइतबार १ हजारले बढ्दै ९७ हजार ७ सयमा कारोबार भएको थियो ।

गत हप्ताको शुरुको दिन आइतबार सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भएकोमा सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार गत मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै बुधबार ९६ हजार ३ सयमा कारोबार भएको सुन विहिबार भने ९६ हजार २०० मा कारोबार भएको थियो । शुक्रबार एक हजारले बढ्दै सुनको मूल्य ९७ हजार २ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ७ सय र तेजाबी सुनको मूल्य ९४ हजार २०० सय कायम रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार २२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo