अमेरिकाको टेक्सास राज्यमा मात्र दश लाख कोरोना संक्रमित

अमेरिकाको टेक्सास राज्यमा मात्र दश लाख कोरोना संक्रमित


संयुक्त राज्य अमेरिका ।

अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरुको संख्या १० लाख पुगेको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारी अनुसार अमेरिकाको टेक्सास राज्य नै देशको सबैभन्दा बढी कोरोना संक्रमितहरु रहेको पहिलो राज्य भएको छ ।उक्त राज्यको तथ्यांकअनुसार यस राज्यमा बुधबारसम्ममा १० लाख १० हजार ३६४ जना कोरोना भाइरस संक्रमित नागरिक रहेका हुन् ।

त्यसैगरी सो राज्यको तथ्यांकमा यस राज्यमा मात्र मृत्य हुने नागरिकको संख्या १९ हजार ३३७ जना रहेका छन् । टेक्सास पछि अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित भएको राज्य क्यालिफोर्निया रहेको पनि सो विश्वविद्यालयको तथ्यांकमा देखाइएको छ ।

उक्त तथ्यांक अनुसार क्यालिफोर्नियामा मात्र ९ लाख ८९ हजार ४३२ जना कोभिड १९ का संक्रमित देखिएका छन् । त्यसैगरी सो राज्यमा १८ हजार ६६ जना व्यक्ति उक्त संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।

विश्वमा सबैभन्दा बढी कारोना भाइरसका संक्रमित भएको देश अमेरिका हो । अमेरिकामा अहिलेसम्म १ करोड ५ लाख ६८ हजार ७१४ जना संक्रमित भएका छन् भने यहाँ २ लाख ३९ हजार ६९५ जनाको निधन भएको बताइएको छ ।

Logo