काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान पर्व ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति एवं समृद्धिको कामना गरेकी छिन् . राष्ट्रपति भण्डारीले आज जारी गरेको सन्देशमा सिंगो नेपाली संस्कृति भित्रको एक महत्वपूर्ण पर्वका रुपमा रहेको ल्होसारले सबै नेपालीमा उत्साह एवं उमङ्ग बढाउँदै नेपाली बीचको एकता, सद्भाव एवं मित्रता कायम राख्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गरेकी छिन् । "/>

आज शेर्पा समुदायको ग्याल्बो ल्होसार : सरकारले दियो सार्वजनिक विदा

आज शेर्पा समुदायको ग्याल्बो ल्होसार : सरकारले दियो सार्वजनिक विदा


काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान पर्व ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति एवं समृद्धिको कामना गरेकी छिन् . राष्ट्रपति भण्डारीले आज जारी गरेको सन्देशमा सिंगो नेपाली संस्कृति भित्रको एक महत्वपूर्ण पर्वका रुपमा रहेको ल्होसारले सबै नेपालीमा उत्साह एवं उमङ्ग बढाउँदै नेपाली बीचको एकता, सद्भाव एवं मित्रता कायम राख्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गरेकी छिन् ।

शेर्पा समुदायले मनाउने चाडपर्व र साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको बताउँदै उनले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनबाट विश्व सामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्न सकिने भएकाले यसतर्फ सबैको ध्यान पुग्न आवश्यक भएको सन्देशमा व्यक्त गरिएको छ । यता उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शेर्पा समुदायको महान् चार्ड ग्याल्बो ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।   रासस

Logo