पोर्चुगलमा एक अस्पताल छ । अस्पताल एकदमै घतलाग्दो पनि छ । तपाईलाई अचम्म लाग्न सक्छ, यो अस्पताल डलका लागि हो । बच्चाहरुको खेलौनाको अस्पताल । "/>

२ सय बर्ष पुरानो डलको अस्पताल, तर किन भुतहा भनियो ?

२ सय बर्ष पुरानो डलको अस्पताल, तर किन भुतहा भनियो ?


पोर्चुगलमा एक अस्पताल छ । अस्पताल एकदमै घतलाग्दो पनि छ । तपाईलाई अचम्म लाग्न सक्छ, यो अस्पताल डलका लागि हो । बच्चाहरुको खेलौनाको अस्पताल ।
डेली मेलमा जनाइएन अनुसार यो अस्पतालमा डलको उपचार अर्थात मर्मत गरिन्छ ।

२ सय बर्ष पुरानो यस स्थानको नाम हो, हस्पिटाल अफ हरर्स । तपाईलाई अचम्म लाग्यो होला, डल रिपेयर गर्ने ठाउँलाई किन भुतहा भनियो ?

यस्तो छ कारण

सन् १८३० मा बनेको यो गुडियाको अस्पतालमा बर्षौदेखि काम जारी छ । पोर्चुगलमा क्रिसमसको बेला टुटेफुटेको गुडिया सुधार गर्ने परम्परा छ । यस्तो पनि परम्परा छ, जसमा बाजे बोज्यै आफ्नो बाल्यकालको खेलौना सम्हालेर राख्छन्, जो आफ्ना नाता नातिनीलाई दिन सकियोस् । त्यसैले यहाँ पोर्चुगलको हजारौं डल मर्मतका लागि ल्याइन्छ ।

खासमा यहाँ डलको हात, खुट्टा, आँखा, अनुहार, केस बिग्रिएको अवस्थामा ल्याइन्छ । त्यसैलाई देखेर मान्छेहरु त्रसित हुने गरेका छन् ।

पहिला हुन्थ्यो यस्तो काम

सन् २०१८ को आसपासमा यस स्थानमा बुढी महिला जडिबुटी बिक्री गर्थे । भनिन्छ, उनी त्यहाँबाट हिँड्ने बच्चाको गुडिया पनि बनाइदिने गर्थिन् । केहि समयपछि त्यही ठाउँमा डल रिपेयर क्लिनिक सुरु भयो ।

बिमारीको जस्तै ख्याल

तपाईलाई यो कुरा सुनेर अचम्म लाग्न सक्छ कि, यस डल रिपेयर सेन्टरलाई अस्पताल यसकारण भनिएको हो कि, यहाँ ल्याइने डललाई बिमारीलाई जस्तै ख्याल राखिन्छ ।

 

Logo