४ जेठ २०७९ बुधबार
1
1
1
1

४ कक्षामा पढ्ने बालिकाले लेखिन् प्रधानमन्त्रीलाई पत्र

1
1
1
1
1
1

काठमाडौं । सडक मर्मत गरिदिन भन्दै ४ कक्षामा अध्ययनरत एक बालिकाले प्रधानमन्त्रीलाई पत्र लेखेकी छन् । सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत प्राप्ति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी हुन् ।

महालक्ष्मी नगरपालिका, ४ ओचु हाइट, इमाडोलमा माघ २४ देखि २६ गतेसम्म परेको अविरल वर्षाका कारण सडक हिलाम्य भएकोले यातायात तथा यात्रु आवागमनमा समस्या भएको भन्दै सडक मर्मत गरिदिन भन्दै प्रधानमन्त्रीलाई पत्र लेखेकी हुन् ।

उनले प्रधानमन्त्री मार्फत नेपाल सरकारलाई निवेदन लेखेकी हुन् । दुई दिन परेको वर्षाका कारण सो क्षेत्रको सडक हिलाम्मे बनेपछि आवातजावतमा समस्या परेको छ । विशेषगरी विद्यालय जाने बालबालिका उत्त समस्याबाट बढी पीडित बनेका छन् ।

प्रकाशित: २७ माघ २०७५ १४:५० आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी