सशस्त्र प्रहरी बल महोत्तरीद्वारा करिव ८ लाखका अवैध सामान बरामद

सशस्त्र प्रहरी बल महोत्तरीद्वारा करिव ८ लाखका अवैध सामान बरामद


महोत्तरी।

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीले अवैधरूपमा चोरी निकासी गरि लैजादै गरेको सामान बरामद गरेको छ ।

आज महोत्तरी जिल्लाको मटिहानीबाट डेन्टल सम्बन्धिको इक्य्पमेन्ट करिव ५ लाख ४० हजार मूल्य बराबर र महोत्तरीको एकडाँडा गाँउपालिकाबाट लुकाइ छिपाइ लैजादै गरेको कपडा करिव एक लाख बैसठ्ठी हजार बराबरको सामान बरामद गरि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाएको छ ।

चाडपर्व तथा सुरक्षाकर्मीको अनुपस्थिती भएको मौका छोपी चोरी निकासी गर्ने समूहलाई सशस्त्र प्रहरी बल महोत्तरीले व्यापकरुपमा कडाइ गर्दै भन्सार छली ल्याउने यस्ता सामानहरुको रोकमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ ।

राजस्व चुहावट तथा शान्ति सुरक्षा सम्बन्धि बिषयमा सशस्त्र प्रहरी बल महोत्तरीले अत्यन्तै जिम्मेवार रुपमा लागि पर्दै नागरिकको जिउधन र सुरक्षाको लागि सदैव कटिबद्ध रहेको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरीका गणपति स.प्र.उ. सुरेश सापकोटाले जानकारी गराए।

Logo