काठमाडौँ, ३१, असोज
संविधानसभा र रूपान्तरित व्यवस्थापिका–संसद्को चारवर्षे कार्यकालमा चार सरकार गठन हुँदा मुलुकले १७८ मन्त्री पायो । "/>

चार वर्षमा देशले पायो ४ सरकार र १ सय ७८ मन्त्री

चार वर्षमा देशले पायो ४ सरकार र १ सय ७८ मन्त्री


काठमाडौँ, ३१, असोज
संविधानसभा र रूपान्तरित व्यवस्थापिका–संसद्को चारवर्षे कार्यकालमा चार सरकार गठन हुँदा मुलुकले १७८ मन्त्री पायो । ती सरकार मध्ये कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले सबैभन्दा सानो २४ सदस्यीय मन्त्रिपरिषद बनाए । कांग्रेसकै सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद इतिहासकै जम्बो ६४ सदस्यीय छ ।

अन्तरिम संविधान अनुसार गठन भएको ५९९ सदस्यीय संविधानसभा सहितको संसदबाट चार वर्षको अवधिमा प्रत्यक्ष निर्वाचित ९९ सांसद मन्त्री भएका छन् । समानुपातिकतर्फका ७१ जना सांसद मन्त्री भएका छन् । संविधान जारी हुनु अघिको सुशील कोइराला नेतृत्वको सरकारमा आठजना गैरसांसद मन्त्री भए । तर नयाँ संविधानमा मन्त्री बन्न सांसद हुनैपर्ने प्रावधान राखिएकाले त्यसपछिका सरकारमा प्रत्यक्ष र समानुपातिकबाट आएका सांसद मन्त्री भएका छन् ।
नयाँपत्रिकाबाट

Logo