राजस्थानलाई १९२ रनकाे लक्ष्य

राजस्थानलाई १९२ रनकाे लक्ष्य


दुबइमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १९२ रनको विशाल लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९१ रन बनायो । कोलकातालाई बलियो योगफलमा पुर्याउन कप्तान ओईन मोर्गनले ३५ बलमा ६८ रनको अविजित कप्तानी इनिङ खेलेपछि विशाल लक्ष्य प्रस्तुत गरेकाे हाे ।

स्पिनर राहुल टेवाटियाले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । स्पिनर श्रेयस गोपालले ३ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

Logo