भदौ १०, काठमाडौं

सधैं केहि न केहि साहित्यीक कार्यक्रमहरुले खचा खच हुने कमलादीको प्रज्ञाप्रतिष्ठान आज पनि उस्तै थियो । "/>

एकैसाथ नौ कृतिको विमोचन

एकैसाथ नौ कृतिको विमोचन


भदौ १०, काठमाडौं

सधैं केहि न केहि साहित्यीक कार्यक्रमहरुले खचा खच हुने कमलादीको प्रज्ञाप्रतिष्ठान आज पनि उस्तै थियो । तर आज फरक के थियो भने एकै दिन एउटै कार्यक्रममा नौ जना साहित्यकारहरुको नौ वटा कृति एकै पटक विमोचन गरिएको थियो ।
शब्दार्थ प्रकाशनको १३ औं वर्ष प्रवेशको उपलक्ष्यमा आफ्नो पुस्तक आफैं लोकार्पण भन्ने अभिव्यक्ति दिदैं सो प्रकाशनले कार्यक्रम गर्यो । कार्यक्रममा साहित्यकार विनयकुमार शर्मा नेपाल लिखित कविता संग्रह मार्गदीप, उनकै निबन्ध संग्रह परावर्तन, ठाकुर शर्मा र विनयकुमार शर्माबाट सम्पादित शब्दार्थ सोपान, डा. शिव गौतमको निबन्ध संग्रह झ्याम्ली बाख्राको पाठो, उनकै कविता संग्रह बाटो हेरिरहने बाटाहरु, मोहन चापागाईंको निबन्ध संग्रह सत्य संलाप , नारायणकैलाश सिग्देलको किशोर उपन्यास नयाँ बाटो , रामकुमार पण्डितको कविता संग्रह मन्दिर र माओ र डा. विश्वदीप अधिकारीको कथासंग्रह आकाश मैथुनको एकै साथ विमोचन गरिएको थियो ।
विमोचित सबै कृतिहरु माथि डा. रजनी ढकाल, डा.लेखप्रसाद निरौला, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा. गोविन्दराज भट्टराई र गीता त्रिपाठीले समिक्षा गर्नु भएको थियो ।
कार्यक्रममा वृहत नेपाली शब्दकोषका लेखक वसन्तकुमार शम्र्मा नेपाल, साहित्यकार एवं राजनितीज्ञ प्रदीप नेपाल लगायतको उपस्थिती रहेको थियो ।

Logo