यी आठ गल्ती हुन् जसले कपाललाई हानि गर्छन्

यी आठ गल्ती हुन् जसले कपाललाई हानि गर्छन्


कपालको सही रेखदेख भएन भने केस झर्ने, रुखो हुने, चायाँ आउनेजस्ता समस्या देखापर्छ । कुनै समयमा त यो समस्या यति धेरै बढ्छ, चिकित्सकीय उपचार नै अपनाउनुपर्ने हुन्छ । यी आठ गल्ती हुन् जसले कपाललाई हानि गर्छन् ।

१. कपाललाई कसिलो बाँध्नु
कपाललाई कसिलो गरी बाँध्नाले कपालमा एकदमै नराम्रो असर पर्छ । यसले गर्दा कपाल सही रूपमा बढ्न पाउँदैन । नतिजा, कपाल झर्न सक्छ ।

२. गलत डाइट लिनु
कपालको वृद्धिका लागि भिटामिन, मिनरल्स र प्रोटिन जरुरी हुन्छ । तर, जंकफुड बढी खानाले हामीलाई पर्याप्त पोषण मिल्दैन । यसले पनि कपाल रुखो हुन्छ ।

३. हेयर स्टाइलिङ मशिन
हेयर ड्राई र हेयर कलरिङ मशिन दिनहुँ प्रयोग गर्दा पनि कपाललाई नोक्सान पु¥याउँछ । यसले गर्दा कपाल झर्ने समस्या देखापर्छ ।

हाइजिन नहुनु
महिलाले हप्तामा दुई पटक र पुरुषले तीन पटक शैम्पुको प्रयोग गर्नुपर्छ । कपालमा फोहोर जम्मा भएपछि चायाको समस्या हुन्छ ।

५. चिसो कपालमा काइँयो
नुहाउनसाथ कपालको जरा कोमल हुन्छ । यस्तो अवस्थामा नुहाउनसाथ तुरुन्तै कपाल कोर्दा कपाल टुक्रिने समस्या हुन्छ । कपालमा हाँगा आउने समस्या पनि यसैको नतिजा हो ।

धेरै तेल लगाउनु
कपालमा आवश्यकताभन्दा बढी तेल लगाउनु पनि हानिकारक छ । यसले छालको छिद्र बन्द हुन्छ, जसले कपालमा नराम्रो असर पुग्छ ।

तातो पानीले नुहाउनु
अक्सर जाडो मौसममा तातो पानीले कपाल नुहाइन्छ । तर, यसले कपालको सौन्दर्यमा असर पु¥याउँछ । मनतातो पानीले नुहाउनु सामन्य नै हो तर, तातो पानीको प्रयोग गर्नै हुन्छ । यसले कपालको प्राकृतिक तेल नष्ट गर्छ ।

८. रसायनको प्रयोग
हेयर स्टाइल बनाउनका लागि प्रयोग गरिने स्प्रेमा रसायन हुन्छ । यसको बढी प्रयोगले कपाल झर्ने समस्या हुन्छ ।

 

Logo