म्याग्दीका ६ वर्षीय बालकमा ब्लड क्यान्सर, उपचारमा आर्थिक अभाव !

म्याग्दीका ६ वर्षीय बालकमा ब्लड क्यान्सर, उपचारमा आर्थिक अभाव !


म्याग्दी जिल्ला बेनी नगरपालिका–९ का एक ६ वर्षीय बालकमा ब्लड क्यान्सर पुष्टि भएको छ । एक्कासि बिरामी भएपछि चेकजाँच गर्दा ब्लड क्यान्सर पुष्टि भएपछि थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहेका शिभम चोखालको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल सँगै आर्थिक सङ्कलन अभियान चलाइएको छ । कामना विकास बैकमा बालकका पिता कृष्णबहादुर चोखालका नाममा खाता खोली (09514100329183000001) “शिभम बचाउ समिति” मार्फत आर्थिक सङ्कलनलाई तीव्रता दिइएको अभियानकर्ता दिनेश बस्नेतले जानकारी दिए ।  

बालकको आमाको केही समय पहिले करेन्ट लागेर मृत्यु भएको र परिवारको विपन्नताका कारण उपचारमा आर्थिक समस्या देखिएको हुँदा अभियान सञ्चालन गर्नु परेको अर्का अभियानकर्ता निर्मल खत्रीले बताए । संसारका विभिन्न कुना कुनाबाट सहयोग प्राप्त भइरहेको हुँदा बालकको उपचार सफल हुनेमा खत्री विश्वस्त देखिए ।  

करिब २० लाख रुपैयाँ उपचार खर्च अनुमान गरिएको र हालसम्म ११ लाख सङ्कलन भएको स्थानीय प्रतिनिधि अम्मरबहादुर बस्नेतले जानकारी दिएका छन् । सबैले सक्दो सहयोग गरी बाबुको जीवन रक्षा गरिदिन पीडित बालकका परिवारले अनुरोध गरेका छन् ।

Logo